नेपाली काङ्ग्रेस तनहुँका प्रभावशाली युवा नेता पूर्णबहादुर गुरुङ एमालेमा प्रवेश

काठमाडौं ! नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य पूर्णबहादुर गुरुङ एमालेमा प्रवेश गर्नुभएको छ। आज उहाँ एमाले अध्यक्ष ओली निवास बालकोट पुगि एमालेमा प्रवेश गर्नुभएको हो।

नेता गुरुङ तनहुँमा लोकप्रिय मानिनुहुन्छ। विशेष गरि युवा पंतिमा लोकप्रिय रहनुभएका गुरुङको एमाले प्रवेशले काङ्ग्रेसलाई ठुलै धक्का लागेको छ भने एमाले तनहुँलाई राहत भएको छ। नेता गुरुङलाई अध्यक्ष ओली लगायत उपमहासचिव प्रदीप ज्ञावाली लगायतले स्वागत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *