कैलालीको चुरेबाट काङ्ग्रेस,माओवादी,एसका दुई दर्जनबढी नेता-कार्यकर्ता एमालेमा प्रवेश

धनगढी ! कैलालीको चुरे गाउँपालिकाबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी र नेपाली काग्रेस पार्टीका २ दर्जन बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन ।

उनीहरुले आफ्नो पार्टीभित्र स्वार्थको राजनिति हावी हुदै गएको र बर्तमान गठबन्धनले देशमा हित गर्न नसक्ने भन्दै पाटी छोड्नु परेको बताएका छन ।

उनीहरुलाई नेकपा एकालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र पोलिटब्यूरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानाले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो।

उक्त कार्यक्रमबाट नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य तथा गाउँपालिका ईन्चार्ज प्रेमराज कंडेल, जिल्ला कमिटी सचिवालय प्रेम राना, जिल्ला कमिटी सदस्य प्रेम गौतम, टेक कंडेल, लोकन्द्र साँउद लगाएत २ दर्जन बढी एमालेमा प्रवेश गरेका हुन । निर्वाचनको पूूर्वसन्ध्यामा प्रभावशाली नेताहरुले पार्टी परित्याग गर्नुले त्यस क्षेत्रमा उक्त पार्टीहरुलाई धक्का लागेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *