लोसपा रित्तिदै : फेरि यी दुई केन्द्रीय नेताहरु एमालेमा प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यसमिति सदस्य सुनिल झा ‘रोहित’ र तत्कालीन  राष्ट्रिय जनता पार्टी नेपालका महासचिव इन्जिनियर देवेन्द्र कुमार यादव नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।
दुवैजना एमालेमा प्रवेशका लागि हिजो विहान अध्यक्ष ओली निवास बालकोट जानुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ र पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल पनि उपस्थित हुनुहुन्थ्यो ।  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *