जसपाका केन्द्रीय सदस्य तिलक श्रीपाइली एमालेमा प्रवेश

काठमाडौं ! जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । एमाले महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई आज नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा खादा लगाई स्वागत गर्नुभयो ।

पार्टी प्रवेशको संयोजन नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज गुलावजङ्ग शाहले गर्नुभएको थियो । अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरू गर्नुभएका श्रीपाइलीको करिव तीनदशकको राजनीतिक जीवन रहेको छ । उहाँ सल्यान जिल्लाका स्थायी बासिन्दा हुनुहुन्छ । श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको नेकपा (एमाले) विरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निस्वार्थ एमालेमा प्रवेश गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *