पूर्वआइजिपी सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्नुहुँदै

काठमाडौं ! नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्ने हुनुभएको छ । खनालले आज एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबाट औपचारिक रुपमा एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ।

स्रोतका अनुसार उहाँ लगायत विभिन्न दलका विशिष्ट नेता कार्यकर्ताहरुपनि एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ। आज पार्टी प्रवेश गर्दै गर्नुभएका खनालले आफूलाई श्रद्देय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको देशप्रेम र भिजनले एमालेमा काम गर्न अभिप्रेरित गरेको र आफू एमालेमा प्रवेश गर्न लागेको बताउनु भएको छ। खनाललाई एमालेले प्रवेशपछि काठमाडौं,बारा वा तनहुँ मध्ये एक ठाउँबाट प्रतिनिधि सभा प्रत्यक्षमा उम्मेदवार बनाउने स्रोतले जनाएको छ। उहाँलाई पार्टीमा पनि महत्त्वपूर्ण जिम्मेवारी दिईने जनाइएको छ। खनाल केपी ओली प्रधानमन्त्री हुँदा नेपाल प्रहरीका आइजिपी हुनुहुन्थ्यो। उहाँ सफल आइजिपिका रुपमा गनिनु हुन्छ। उहाँ लगायत अन्य प्रवेश गर्ने नेताहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज स्वागत गर्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *