जसपाका नेता एवं पूर्वमन्त्री राय सहितको समुह एमालेमा प्रवेश

काठमाडौं । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता खोभारी राय नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आइतबार अध्यक्षको निवास बालकोट पुग्नुभएका पूर्व मन्त्री रायलाई पार्टीमा स्वागत गर्नुभयो ।
उहाँसँगै जसपाका सुनितादेवी यादव , धीरेन्द्र राय, राजमोहन राय, रामप्रवेश राय पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
यसैगरी जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य प्रतिनिधि सभाका निवर्तमान सांसद अमृता अग्रहरी आइतबार बालकोट पुगेर एमालेमा प्रवेश गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *