सिरहाबाट जसपाका नेता राम बल्लभ साह सहित हजारौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश

काठमाडौं ! सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता राम बल्लभ साह नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

चोहर्वामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई स्वागत गर्नुभयो । साहसँगै विभिन्न पार्टीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेका एमालेले जनाएको छ ।

कार्याक्रममा एमाले नेताहरु प्रभु साह, रघुवीर महासेठ, लीलानाथ श्रेष्ठ, ज्वाला साह लगायत सहभागी हुनुहुन्थ्यो ।
उक्त कार्यक्रमबाट हजारौं एमालेमा प्रवेश गरेको एमाले सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *