विभिन्न जिल्लाका नेकपा एस निकट नेताहरु एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका रौतहट जिल्लाका कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एसको जनसंगठन मुस्लिम इत्तेहाद संघका केन्द्रीय सदस्य शेख मोफिद, युवा संघ गौर नगर कमिटीका अध्यक्ष मोहम्मद इमरान र मोहम्मद जियाउल हक एमालेमा प्रवेश गर्नुभएको हो ।
महासचिव शंकर पोखरेलले उहाँहरूलाई पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज खादा लगाई स्वागत गर्नुभयो ।
उहाँहरू तीनैजना रौतहटको सदरमुकाम गौरका वासिन्दा  हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *