नेकपा (एस) का केन्द्रीय सदस्य बालकृष्ण चापागाईं एमालेमा प्रवेश

काठमाडौं ! नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रुपन्देहीका नेता बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले चापागाईंलाई आइतवार बिहान बालकोटमा टिका र खादा लगाएर पार्टी प्रवेश गराउनु भएको छ।

एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले चापागाईं मातृ पार्टी एमालेमा फर्किएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा तस्वीर शेयर गरेर जानकारी दिनुभएको थियो।

चापागाईं प्रेस चौतारी नेपालका पुर्व अध्यक्ष समेत हुनुहुन्थ्यो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *