पाँचथरको रविबाट कांग्रेस,माओवादीका नेताहरु एमालेमा प्रवेश

काठमाडौं ! पाँचथरको मिक्लाजुङ–४ रविमा नेपाली कांग्रेसका वडा उपसभापतिसहित २० जना भन्दा बढी नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा(एमाले) प्रवेश गरेका छन् ।

विहीबार रविमा नेकपा(एमाले) को वडा कमिटी स्तरिय प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार नेम्बाङले उनीहरुलाई पार्टी प्रवेश गराउनु भएको हो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस वडा कमिटीका उपसभापति रामबहादुर राईको नेतृत्वमा केहि कार्यकर्ता एमाले पार्टी प्रवेश गर्नुभएको र नेकपा (माओवादी केन्द्र)बाट दिलकुमार राईको नेतृत्वमा २० जना भन्दा बढी पार्टी प्रवेश गर्नुभएको इन्चार्ज नेम्बाङले बताउनुभयो ।

अहिले एमालेले जिल्ला भरी वडा कमिटी स्तरिय प्रशिक्षण अभियान चलाइरहेको छ । उक्त अवसरमा एमाले प्रवेश गर्ने लहर नै चलेको र अन्य दलका धेरै नेता कार्यकर्ता एमालेमा आउने तयारी भइरहेको नेम्बाङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *