राप्रपा नेपालका उपाध्यक्ष राजेन्द्रवीर राय एमालेमा प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । उहाँ पार्टी  प्रवेशका लागि अध्यक्ष ओली  निवास बालकोट जानुभएको थियो ।

सल्यान जिल्लाको शारदा नगपालिका वडा नं. ३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो ।
नेता राय सल्यानमा बौद्धिक, प्रभावशाली र प्रतिष्ठित नेताका रूपमा चिनिनुहुन्छ । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य गुलावजङ्ग शाहको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *