नेकपा (एस) का खैरहनी नगर इन्चार्ज शम्भु लामिछाने सहितका नेताहरु एमालेमा प्रवेश

काठमाडौं ! नेकपा एस खैरहनी  नगरपालिका इन्चार्ज शम्भु लामिछाने नेकपा एमालेमा फर्किनु भएको छ । नेकपा एसका केन्द्रिय परिषद सदस्य तथा जिल्ला सचिवालय सदस्य समेत रहनु भएका लामिछानेलाई एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले एमालेमा आज प्रवेश गराउनुभएको हो ।

उहाँहरुसंगै नेकपा एस निकट मजदुर संघका केन्द्रिय सदस्य भवानी रखाल, खैरहनी नगर कमिटी सदस्य पोषराज पन्त,भोलानाथ अधिकारी,पार्टी सदस्य सुभद्रा लामिछाने,लक्ष्मी लामिछाने र अन्जु रखाल पनि एमाले प्रवेश गर्नुभएको छ । एस निकट अन्य नेता कार्यकर्ताहरु पनि एमालेमा फर्किने सोचमा रहेको आज प्रवेश गर्नुहुने शम्भु लामिछानेले बताउनुभयो। नेकपा एसको कुनै गन्तव्य नभएकाले र नेतृत्व काङ्ग्रेसको टाङमुनी पुगेकोले अधिकांश नेता कार्यकर्ताहरु एमालेमा फर्किन तम्तयार रहेको उल्लेख गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *