धनगढीबाट नेकपा एसका प्रदेश कमिटी सदस्य वसन्त केसी सहितका नेताहरु एमालेमा प्रवेश (फोटो फिचर)

धनगढी ! नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य बसन्त केसी सहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । आज धनगढीमा आयोजित एक कार्यक्रमका बिच उनीहरु एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा प्रदेश कमिटी सदस्य वसन्त केसी,जिल्ला सदस्यहरु-सीता कुमारी चौधरी,सबिता चौधरी रहेका छन् । त्यसैगरी समाजवादीकै रामचन्द्र थारु,रिमा चौधरी,देव बहादुर चौधरी,सुमित चौधरी लगायत छन् । त्यसैगरी नेपाली काङ्ग्रेस परित्याग गरि बालचन्द्र कठरिया लगायतका नेताहरुपनि आजै एमालेमा प्रवेश गरेका छन् । उनीहरु सबै कैलाली जिल्लाका विभिन्न भागमा बसोबास गर्दै आएका छन् ।

उनीहरु सबैलाई एमाले पार्टी कार्यालय धनगढीमा एमाले पोलिटब्यूरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी राना,पोलिटब्यूरो सदस्य एवं सुदूरपश्चिम सह-इन्चार्ज लिला भण्डारी,पोलिटब्यूरो सदस्य एवं कैलाली सह-इन्चार्ज कमला ओली,केन्द्रीय सदस्य गौरीशंकर चौधरी, केन्द्रीय सदस्य सन्तोष शर्मा नेताहरुले एमालेमा स्वागत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *