कैलालीको गोदावरीबाट मेयरको चुनाव लडेका टेक बहादुर बि.क. एमालेमा प्रवेश

धनगढी ! कैलालीको गोदावरी नगरपालिकाबाट स्थानीय निकायको निर्वाचनमा स्वतन्त्रबाट चुनाव लडेका टेक बहादुर बि.क. एमालेमा प्रवेश गर्नुभएको छ । आज सोमबार उहाँलाई एमालेका केन्द्रिय  सचिव एवं सुप इन्चार्ज लेखराज भट्टले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।

गोदावरी -११ मा बसोबास गर्ने उहाँ एमालेका पुराना सकृय नेता हुनुहुन्थ्यो ।  बिगत एक बर्ष देखि उहाँ एकीकृत समाजवादीमा सकृय हुनुहुन्थ्यो ।  नेकपा समाजवादीले मेयरको उम्मेदवारमा टिकट नदिएपछि उहाँ स्वतन्त्र भएर मेयरको चुनावमा उठ्नु भएको थियो । उहाँसंगै नेता झंकर बुढा पनि एमालेमा फर्किनु भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *