गुल्मीमा सक्कियो नेकपा एस : जिल्ला इन्चार्ज र अध्यक्ष सहितका नेताहरु एमालेमा फर्किए

काठमाडौं ! नेकपा (एस) का  गुल्मी अध्यक्ष, प्रदेश इन्चार्ज लगायतका नेताहरु नेकपा एमाले फर्किनु भएको छ ।

आज सोमबार नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा कार्यक्रममा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता एमालेमा फर्किनु भएको हो ।

उहाँहरु सबैलाई नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव गोकर्णराज बिष्टले आज आयोजित कार्यक्रममा स्वागत गर्नुभएको हो । उहाँहरुको एमाले प्रवेशले एसकी नेतृ रामकुमारी झाक्रीलाई गृहजिल्लामा धक्का लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *