वेदकोटबाट माओवादी केन्द्रकी प्रभावशाली नेतृ एमालेमा प्रवेश

धनगढी । कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकामा गएको स्थानीय चुनावमा माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवारको आकांक्षी एवं नेतृ सीता डगौंराले उक्त पार्टी परित्याग गर्नुभएको छ ।

डगौंरा माओवादी छाडेर आज बिहान एक कार्यक्रमका बिच एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई आज आइतबार अत्तरिया कैलालीमा एमाले महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी राना लगायतले एमालेमा स्वागत गर्नुभएको छ ।                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *