डोल्पामा नेकपा एसमा पहिरो : पुर्व नगरप्रमुख सहितका नेताहरु एमालेमा प्रवेश

काठमाडौं ! डोल्पाको ठुलीभेरी नगरपालिका तत्कालीन नगर प्रमुख गणेश बहादुर शाही सहित नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । अाज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकाेटमा एक कार्यक्रम गरि उनिहरु प्रवेश गरेकाे नेकपा एमाले डाेल्पाले जनाएको छ ।

२०७४ सालकाे स्थानीय निर्वाचनमा नेकपा एमाले बाट नगरप्रमुखमा निर्वाचित शाही एमाले बिभाजन पछि एकीकृत समाजवादी पार्टीमा लागेका थिए । ठुलीभेरी नगरपालिका नगर केन्द्र सदरमुकाम दुनै बाट रातारात जुफाल सारेकाे समेत आराेप खेपेर बिबादित बनेका तत्कालीन नगरप्रमुख शाही पुरानै घर एमालेमा फर्केको उनी निकट स्राेतले बताएको छ । शाही नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश सदस्य पनि थिए ।

यस्तै नेकपा एस काे  किशान महासंघ काेषाध्यक्ष जीवन बहादुर शाही,नेकपा एस का बिधार्थी नेता अंगद शाही लगाएतका नेता कार्यक्रता एमाले प्रवेश गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *