सुदूरपश्चिममा एमालेको क्रेज : एमालेको सदस्य बन्न बहालवाला मन्त्रीले समेत त्यागे पद (फोटोफिचर)

धनगढी ! कंचनपुर जिल्लाको महेन्द्रनगरमा आज एमालेको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो। उक्त कार्यक्रममा नेकपा एसका बहालवाला प्रदेश मन्त्री देखि वरिष्ठ नेता कार्यकर्ताहरु एमालेमा फर्किनु भएको छ ।
नेकपा एसबाट सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी, नेकपा एसका पोलिटब्युरो सदस्य तथा निवर्तमान प्रदेश कमिटी अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द लगायत नेकपा एसका प्रदेश र जिल्ला कमिटीका सदस्यहरू लगायत सयौं नेता कार्यकर्ता नेकपा(एमाले)मा प्रवेश गर्नुभएको छ ।त्यसैगरी कैलालीबाट पनि काङ्ग्रेस,माओवादी,एस लगायतका दलका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको छ ।

आजको कार्यक्रम एमाले सुदूरपश्चिमका लागि खास बनेको छ। बहालवाला प्रदेश मन्त्री नै आफ्नो मन्त्री पद त्यागेर एमालेको सदस्यमा फर्किनु चानचुने हैन। यो परिवेशले एमाले देशको लोकपि्रय पार्टी हो भन्ने सिद्ध हुन्छ। एमालेमा दैनिक रुपमा यसरी नै हजारौ नेता कार्यकर्ताहरु प्रवेश गरिरहेका छन् । सत्ता गठबन्धनको घेराबन्दीलाई तोड्दै एमाले जनतामा यसरी छाउन थालेको छ कि,सत्ता र शक्ति त्यागेर नेताहरु एमालेको साधारण सदस्य रोज्न राजी भएका छन् । आज सुदूरपश्चिम प्रदेश सरकारका भौतिक राज्यमन्त्री कुलबीर चौधरी आफ्नो मन्त्रीपद त्यागेर एमालेको साधारण सदस्य बन्न राजी हुनुभयो। यसले जनतामा एमालेको छाप अझ उचो बनाएको छ।

आजको कार्यक्रममा एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट,स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी पोलिटब्युरो सदस्यहरु नारदमुनी राना,राजेन्द्र रावल,लिला भण्डारी,निरुदेवी पाल,कमला ओली सहभागी हुनुहुन्थ्यो। त्यसैगरी केन्द्रीय सदस्यहरु र एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत हुनुहुन्थ्यो।

आजको कार्यक्रममा लगभग २ हजार माथि नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको थियो।                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *