भक्तपुरबाट विभिन्न पार्टी परित्याग गरि २९५ जना एमालेमा प्रवेश

काठमाडौं ! विभिन्न पार्टी परित्याग गरी भक्तपुरबाट २९५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भक्तपुरद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा कांग्रेस, राप्रपा, माओवादी, नेकपा एस, नेमकिपा लगायतका पार्टीहरू परित्याग गरी  २९५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन्।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेत, एमालेका केन्द्रीय सदस्य सोम मिश्र,  नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजा, बागमती प्रदेश सांसद शशी जङ्ग थापा,  सूर्य विनायक नगरपालिकाका मेयर वासुदेव थापा र उपमेयर सरिता तिम्सिना भट्टराईले नवप्रवेशीहरुलाई टिका र खादा ओढाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले सामान्यतया सत्ता पक्ष तर्फ मानिसहरू पार्टीमा प्रवेश गर्छन् तर नेपालमा फरक खाले दृश्य देख्न पाइन्छ, एमाले विरुद्ध चौतर्फी घेराबन्दी गरे पनि एमालेमा प्रवेश गर्दै आएका छन् । उहाँले प्रधानमन्त्री पत्नी आरजु देउवा ‘भाउजू’ ले श्रीमान्को फाइदा लिँदै अकुत सम्पत्ति जोड्ने, अनेक खालको सेटिङ्ग गर्ने र भ्रष्टाचार गर्दै आएको बताउनुभयो । अहिलेको सरकारलाई जनताले भाउजूको सरकार भन्न थालिसकेका छन् । आरजु देउवा जस्तो मान्छे यो मुलुकको भावी प्रधानमन्त्री बन्नु भनेको अन्तर्राष्ट्रिय जगतमा नेपालको शान, मान  र गौरव समाप्त हुनु हो ।

‘आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री हुने दौडमा एमालेका अध्यक्ष ओली एक नम्बरमा,वर्तमान प्रधानमन्त्री देउवा दुई नम्बरमा, प्रचण्ड तीन र आरजू राणा चार नम्बरमा रहेको नेता बस्नेतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *