ओखलढुंगा र धनुषाबाट माओवादी,एसका प्रभावशाली नेताहरु एमालेमा प्रवेश

काठमाडौं ।  ओखलढुंगाका माओवादी र धनुषाका नेकपा एसका नेता कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको आज दोस्रो दिन उहाँहरु एमालेमा प्रवेश गर्नुभएको हो।

प्रवेश गर्नेहरुमा ओखलढुंगाका माओवादीका प्रभावशाली नेता तथा जिल्ला कमिटी सदस्य सुजन रुम्दालीसहित ३७ जना रहनुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा प्रदेश सांसद तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ लगायतका नेता सहभागी हुनुहुन्थ्यो । त्यस्तै धनुषाबाट पनि नेकपा एसका जिल्ला अध्यक्ष सोमप्रसाद शर्मासहित नेता कार्यकर्ता एमालेमा फर्किनु भएको छ । उहाँहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *