माओवादी सिन्धुपाल्चोकमा पहिरो जांदै : पूर्वमेयर अमानसिंह तामाङ लगायत आज एमालेमा प्रवेश गर्दै

काठमाडौं ! सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङ आज सोमबार नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ । तामाङ ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित हुनुभएको थियो । पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, परिवारवाद हावी भएको लगायतका कारण देखाउँदै तामाङ एमाले प्रवेश गर्न लाग्नुभएको हो ।

उहाँ लगायत अन्य नेता तथा कार्यकर्ताहरुलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याउँदै हुनुहुन्छ। पार्टी प्रवेश कार्यक्रम एमाले मुख्यालय च्यासलमा दिउँसो १ बजे राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *