लोसपाका प्रदेशसभा सदस्य प्रल्हाद गिरी एमालेमा प्रवेश

काठमाडौं ! लोकतान्त्रिक समाजवादी पार्टीबाट मधेश प्रदेशसभा सदस्य प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित गिरी आज शनिबार नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई आज एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनु भएको हो ।

उहाँसँगै नेकपा एकीकृत समाजवादी निकट युवा संघका सचिव अरूण यादव, जसपा निकट समाजवादी विद्यार्थी युनियनका सचिव सुजित गिरी पनि एमालेमा प्रवेश गर्नुभयो ।त्यसैगरी नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका  केन्द्रीय सदस्य आलम गिर हुसेन, जिल्ला अध्यक्ष भुपेन्द्र साह लगायतका नेता एमाले प्रवेश गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *