रित्तिदै जसपा : वरिष्ठ नेता राई सहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राई र सो पार्टीका दशजना केन्द्रीय सदस्यहरू ठूलो संख्यामा प्रदेश र जिल्लास्तरका कार्यकर्तासहित नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
जसपाका बरिष्ठ नेता राई नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता हुनुहुन्छ । नेकपा (एमाले) को पाँचौं महाधिवेशनका केन्द्रीय सदस्यसमेत रहेका राई पूर्वमन्त्री हुनुहुन्छ । उहाँसँगै पार्टी प्रवेश गर्नुभएका केन्द्रीय सदस्यहरूको लामो र प्रभावकारी राजनीतिक जीवन रहेको छ ।
पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा  पार्टी प्रवेश  गर्नेहरूमा जसपाका केन्द्रीय सदस्यहरू शान्त कुमार प्रधान (भोजपुर), भूराज राई (मोरङ), सविना अर्याल (काठमाडौं), रामसिं राई (भोजपुर), चन्द्रविक्रम राई (भोजपुर), उमेश थापा (सुनसरी), पवित्रा तिमल्सीना (कैलाली), कर्णबहादुर रतौकी (बैतडी), सुनिल विश्वकर्मा (बाजुरा) र शङ्कर बहादुर सार्की (बसेल), सिन्धुली हुनुहुन्छ ।
उहाँहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो । सो अवसरमा अध्यक्ष ओलीले पार्टीमा सबैलाई विना भेदभाव यथोचित जिम्मेवारी दिइने वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *