महोत्तरीमा माओवादीलाई झड्का : वाईसिएल मधेश प्रदेशका इन्चार्ज महतोसहित दर्जनौं कार्यकर्ता एमाले प्रवेश

काठमाडौं ! नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसिएल मधेश प्रदेशका इन्चार्ज शंकर महतोसहित दर्जनौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । मधेश प्रदेश सदस्य समेत रहनु भएका नेता महतोको अगुवाइमा उहाँहरू एमाले प्रवेश गर्नुभएको हो।

ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर दोसल्ला ओढाई पार्टीमा प्रवेश गराउनु भएको छ।

साथै नेकपा एसका प्रदेश कमिटी सदस्य रोशन गौतम (बर्दिबास), वाईसिएल नेपालका केन्द्रीय सदस्य अन्जित कुश्वाहा (रौतहट), धनुषा जिल्ला संयोजक मनोज कुमार कुशवाहा, महोत्तरी संयोजक मनोज थापा, महोत्तरी जिल्ला सदस्य संजय महतो एमाले प्रवेश गर्नुभएको छ ।

त्यसैगरि माओवादी केन्द्रका महोत्तरी जिल्ला कमिटी सदस्य रामदेव प्रसाद यादव, रामजानकी मण्डल पनि एमाले प्रवेश गर्नुभएको छ । वाईसिएल नेपालका प्रदेश कमिटी सदस्य निरज अधिकारी, अशोक महतोले पनि माओवादी छोडेर एमाले रोज्नुभएको छ। सोहीबीच लोसपा महोत्तरी जिल्ला सदस्य शिवनारायण यादव, राप्रपा सम्सी गाउँपालिका अध्यक्ष फइमुदिन मोमिनलगायत पनि एमालेमा प्रवेश गर्नुभएको हो।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी मुखमा पार्टी परित्याग गरेपछि महोत्तरीमा नेकपा माओवादी केन्द्रलाई ठूलो झट्का परेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *