जसपाबाट लुम्बिनीका प्रभावशाली नेता एमालेमा प्रवेश

काठमाडौं ! लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री विजय यादव एमालेमा प्रवेश गर्नुभएको छ ।

बाँके डुडुवा गाउँपालिका निवासी प्रदेश सांसद यादव जनता समाजवादी पार्टीमा हुनुहुन्थ्यो। पूर्वमन्त्री यादवलाई बाँकेको खजुरामा आयोजित प्रशिक्षण कार्यक्रममा एमालेका नेताहरुले टीका लगाएर पार्टी प्रवेश गराउनु भएको छ।

यादवलाई एमालेले फेरि प्रदेशमै चुनाव लडाउने तयारी गरेको छ। स्थानीय तहको चुनावमा एमालेले डुडुवा गाउँपालिकाको अध्यक्षमा यादवकी श्रीमतीलाई प्रमुखमा उम्मेदवार बनाएको थियो।

कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादीलगायतका पार्टीहरुले गठबन्धन गरेर चुनावमा जाने तयारी गरिरहँदा एमालेले आन्तरिक प्रशिक्षण गरेर नेता तथा कार्यकर्तालाई चलायमान बनाउनुका साथै प्रभावशाली नेताहरुलाई आफूतिर तान्ने रणनीति अघि सारेको छ।

खजुरामा आयोजित प्रशिक्षणमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिव एवं पार्टी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा लगायतका नेताहरु हुनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *