माओवादी केन्द्र परित्याग गर्ने क्रम तीब्र : हेटौंडाबाट वडा अध्यक्ष सहितका नेता एमालेमा प्रवेस

काठमाडौ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष दिपक खड्काले आफु नेकपा एमालेको कार्यकर्ता हुन लागेको बताएका छन् । हटौँडाकै पहिलो र एक मात्र स्याटेलाईट टेलिभिजनको कार्यक्रम अन्तर संवादमा कुरा गर्दै खड्काले अबको राजनैतीक यात्रा एमालेबाट हुने बताएका हुन् ।

माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका खड्का माओवादी र एमाले एकिकरण हुदाँ नेकपाको संस्थापन अर्थात ओली पक्ष तिर खुलेरै लागेका थिए ।
सर्वोच्च अदालतलको फैसल्ला पछि नेकपा एमाले र माओवादी पुर्ववत अवस्थामा फर्किएसँगै कुनै पार्टीमा नखुलेका खड्का माओवादी पार्टीले जनताको लागी काम गर्र्न नसकेको,पार्टीका अध्यक्ष प्रचण्ड पद पाउनकै लागी जोसँग पनि सत्ता समिकरण गर्न तयार रहेको र साथै मकवानपुर जिल्लाका नेताहरु पदलोलुप भएको कारणले आफुले नेकपा माओवादी परित्याग गरी एमाले पार्टी खुल्ने तयारी गरेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *