रौतहटमा एमालेप्रतिको क्रेज ,जहाँ ३ हजारभन्दा बढी नेता कार्यकर्ताहरु पार्टीमा भित्रिए

काठमाडौं । रौतहट एमालेमय बनेको छ। आज रौतहटको गौरमा आयोजित कार्यक्रमबाट विभिन्न पार्टी परित्याग गर्ने ठुलो सङ्ख्यामा नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको हो ।

नेकपा एमाले रौतहटले सदरमुकाम गौरमा आयोजना गरेको उक्त वृहत् पार्टी प्रवेश कार्यक्रममा उहाँहरू एमालेमा प्रवेश गर्नुभएको हो । एमाले प्रवेश गर्नेमा गौर नगरपालिकाको पूर्व मेयर अजय गुप्ता लगायत हुनुहुन्छ ।

उहाँहरूलाई स्वागत गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सोमबार गौर पुग्नु भएको थियो । एमाले अध्यक्ष ओली गौर पुग्दा त्यहाँ उपस्थित नेता कार्यकर्ताले `केपी ओली जिन्दावाद´को नारा लगाएका थिए। कार्यक्रममा विभिन्न पार्टी त्याग गरी सयौँको सङ्ख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको नेकपा एमाले रौतहटले जनाएको छ । उक्त कार्यक्रमबाट ३ हजार बढी नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको एमाले रौतहटले जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *