फागोको नेतृत्वमा ५० बढी नेता कार्यकर्ता एमाले प्रवेश,अध्यक्ष ओली र नेम्वाङद्वारा स्वागत

काठमाडौं ! संघीय लिम्बूवान मञ्चमा इलामका ५० जना भन्दा नेता कार्यकर्ता एकै पटक एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा र ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उनीहरुलाई एमाले प्रवेश गराउनु भएको हो ।

चुलाचुलीमा आयोजित कार्यक्रममा मञ्चका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय सचिवालय सदस्य तथा रेड जोन कमाण्डर तिलकसिंह फागोको कमाण्डमा ५० जना एमाले प्रवेश गरेका हुन् । फागो गत स्थानीय निर्वाचनमा वडाध्यक्षको उम्मेद्वार हुनुहुन्थ्यो ।

अध्यक्ष ओलीले एमालेका नव प्रवेशीहरुलाई पार्टीले उचित जिम्मेवारी दिने बताउनुभयो । अध्यक्ष ओलीले एमालेको विचार र सिद्धान्तले मात्र देशमा समृद्धि हासिल हुने बताउनुभयो । उहाँले इलामको क्षेत्र नं २ पर्यटकीय हिसाबले धेरै मह्त्वको भए पनि पूर्वाधारको अभावमा यहाँको यहाँ पर्यटकको आगमन सोचेजस्तो हुन नसकेको बताउनुभयो ।

एमालेका उपाध्यक्ष एवं यस क्षेत्रका साँसद सुवास नेम्वाङले पार्टीका प्रवेशीहरुलाई अब एमालेको नीति र सिद्धान्त बमोजिम पार्टी काम र समाजसेवामा लाग्न आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *