विवेकशील साझाका कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल सहित ८ सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं ! नेकपा एमाले कर्णाली प्रदेश कमिटीको आयोजनामा भएको बृहत कार्यकर्ता भेलामा कार्यक्रमबाट विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल सहित ८६२ जना नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

आज सुर्खेतमा आयोजित उक्त पार्टी प्रवेश समेत रहेको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले उहाँहरुलाई खादा तथा टिका लगाएर पार्टीमा भित्र्याउनु भएको थियो। पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका सयौँ नेता कार्यकर्ताहरु पनि रहेका थिए।                             

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *