३८ जना स्वास्थ्यकर्मी कांग्रेस निकटको संघ छोडेर एमाले निकटको संघमा प्रवेश

काठमाडौं ! नेपाली कांग्रेस निकट मानिने नेपाल स्वास्थ्यकर्मी संघका ३८ जना सदस्यहरु शनिबार नेकपा एमाले निकटका स्वास्थ्यकर्मीहरुको संस्था राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालमा प्रवेश गरेका छन् ।

शनिबार राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कमिटी सुर्खेत को आयोजनमा भएको जिल्ला भेलामा नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतका क्षेत्रीय सभापति गगन पाण्डे सहित उनीहरु प्रवेश गरेको संघका प्रदेश कमिटि सचिव सुशील शाहीले बताए ।

भेलालाई सम्वोधन गर्न संघका केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्द सुर्खेत पुगेका थिए । उनले आगन्तुक स्वास्थ्यकर्मीहरुलाई स्वागत गर्दै स्वास्थ्यकर्मीको हक हितका लागि थप एक जुट भएर अघि बढने बताए ।

भेलामा नेकपा सुर्खेतका अध्यक्ष एवं सांसद ध्रुब शाहीले महामारीका बेलामा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै योगदानको प्रशंशा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *