बाग्लुङबाट काँग्रेस महासमिती सदस्य नवराज पौडेल सहितका नेताहरु एमालेमा प्रवेश

काठमाडौं ! बाग्लुङ जिल्लाबाट नेपाली काँग्रेसका महासमिती सदस्य नवराज पौडेल सहित १७ जना नेता कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

आज बिहान उहाँहरु बालकोटमा गएर अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका माला लगाएर एमालेमा प्रवेश गर्नुभएको बाग्लुङ एमाले अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।

आज एमालेमा प्रवेश गर्नेहरुमा शिक्षक संघ जिल्ला उपाध्यक्ष विष्णु प्रसाद आचार्य गलकोटका मञ्जु चालिसे,तुलसी गौतम,गणेश बुढाथोकी लगायत १७ जना बिशिस्ट व्यक्तित्वहरु हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *