लक्ष्मण थारु लगायतका युवाहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै

काठमाडौं ! रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीमा आज केही थारु अगुवा युवाहरु प्रवेश गर्दैछन्। सो पार्टीले आयोजना गर्ने एक कार्यक्रमबीच थरूहट आन्दोलनका अगुवा लक्ष्मण थारु, सुरेन्द्र चौधरीलगायतले पार्टी प्रवेश गर्न लागेका हुन् ।

जसपाका मोहनलाल चौधरी, रकामकुमार थारु, प्रभा चौधरी, रञ्जित चौधरी, माओवादी केन्द्रका सीताराम थारु, काँग्रेसका राधेश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका जग्गनाथ चौधरी, पार्वती चौधरीलगायतका नेताहरु उन्मुक्ति पार्टीमा आज प्रवेश गर्न लागेका हुन् ।

कैलाली र कंचनपुरमा सो पार्टीले बिस्तारै प्रभुत्व जमाउन लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *