लोसपा नेता अजय कुमार गुप्ता एमाले प्रवेश गर्दै

काठमाडौं । रौतहटको गौर नगरपालिकाका पूर्वमेयर एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न तयार भएका हुन् ।

पछिल्लो समयमा मधेश केन्द्रित दलले पार्टी संगठन पनि नबनाएको र आन्दोलन पनि गर्न नसकेको भन्दै गुप्ताले भने, ‘कार्यकर्ता र जनताले राष्ट्रिय पार्टीमा जान सुझाव दिएपछि एमालेमा प्रवेश गर्न लागेको हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *