जसपा रुपन्देहीका नेता अशोक वर्मा एमालेमा प्रवेश

काठमाडौं ! जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीका युवा नेता अशोक वर्मा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

वर्मालाई शनिवार एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गर्नुभयो ।

वर्मा जसपा रुपन्देहीका पूर्व सचिव हुनुहुन्थ्यो । उहाँ २०७४ सालमा रुपन्देहीको प्रदेश सभा क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार पनि हुनुहुन्थ्यो। एमालेको भ्रातृसंगठन रिटर्नी फेडेरेसन नेपालको लुम्बिनी प्रदेशको प्रदेश भेलामा आयोजित कार्यक्रममा उहाँ एमालेमा प्रवेश गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *