चित्र बहादुर केसीलाई लाग्यो ठूलो धक्का : जनमोर्चा दैलेख जिल्ला कमिटी पुरै एमालेमा समाहित

काठमाडौं ! राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला कमिटी आज एक कार्यक्रमका बीच नेकपा एमालेमा समाहित भएको छ,यो सगै जनमोर्चालाई ठूलो धक्का लागेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र ब. केसीको चरित्रका कारण देशैभरी जनमोर्चाका नेता कार्यकर्ता रुष्ट छन। कम्युनिस्ट भएर काङ्ग्रेसलाई सघाइ कम्युनिस्ट सरकार ढाल्न भुमिका खेलेको आरोप लगाउदै असन्तुष्टहरु नेकपा एमालेमा प्रवेस गरेका हुन। नेकपा एमाले प्रवेस गर्नेहरुमा जनमोर्चा दैलेख जिल्ला कमिटिका अध्यक्ष अम्बरबहादुर नेपाली सहित पुरै कमिटी रहेको छ। अध्यक्षका अनुसार जिल्ला कमिटीको सर्वसम्मत निर्णयबाट एमालेमा समाहित भएको जानकारी गराउनु भयो । आज नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रभानमन्त्री श्री केपी शर्मा ओलीले दैलेख राजमोलाई एमालेमा स्वागत गर्नुभएको छ।

एमाले प्रवेश गर्नेहरुमा प्रदेश कमिटी अध्यक्ष भरत शाही, जिल्ला कमिटी दैलेखका अध्यक्ष नेपाली, उपाध्याक्ष कविराज खत्री, सचिव सुरजबहादुर रावत, सहसचिव नविन भट्टराई, सल्लाहकार अध्यक्ष तथा पार्टी सेक्रेटरी पूर्णबहादुर शाही, सल्लाहकार सदस्य ओम रावल, जिल्ला कमिटी सदस्य प्रेम तामाङ, कटक बहादुर शाही, अदिल नेपाल महिला संघ जिल्ला उपाध्याक्ष गीता कुमारी खत्री, कानून व्यवसायी संघका केन्द्रीय सदस्य तथा मसालका वैकल्पिक जिल्ला कमिटी सदस्य हस्त रेग्मी रहेका छन् । आजको उक्त कार्यक्रममा एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेशका इन्चार्ज युवराज ज्ञावाली,पोलिटव्युरो सदस्य यामलाल कंडेल लगायत हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *