विराटनगरबाट माओवादी,राप्रपा,लोसपा परित्याग गरि डेढ सय बढी एमालेमा प्रवेश

काठमाडौ ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरमा प्रतिष्ठित समाजसेवी, शिक्षासेवी तथा अन्य पार्टीबाट डेढ सयभन्दा धेरैलाई एमाले प्रवेश गराउनु भएको छ ।

आज शुक्रबार दिउँसो एक कार्यक्रमका लागि विराटनगर पुग्नु भएका अध्यक्ष ओलीले त्यहाँका केही प्रतिष्ठित व्यक्तिहरुलाई एमाले प्रवेश गराउनु भएको छ।
शुक्रबारको कार्यक्रमबाट यसअघि राप्रपामा रहेका तथा शिक्षासेवी भगवान थापा पनि एमाले प्रवेश गर्नु भएको छ।

त्यस्तै, लोसपा नेता नन्दलाल मण्डल, नेकपा माओवादी केन्द्रका नेता तथा ६ नम्बर वडाका पूर्वअध्यक्ष विजय कामतलगायत १ सय ५० भन्दा बढी व्यक्ति विभिन्न पार्टीबाट एमाले प्रवेश गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *