राप्रपाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार नै एमालेमा प्रवेश

काठमाडौ ! पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षका उम्मेदवार नै एमालेका प्रवेश गरेका छन् । चुनाव हुने मिति नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार गंगाबहादुर बिक एमालेका प्रवेश गरेका हुन् ।

एमाले चौकुने गाउँ कमिटीले शनिबार बेतानमा आयोजना गरेको बृहत चुनावी भेलामा उनले राप्रपा नेपाल परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका थिए । उनले एमालेबाट चौकुने गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद अधिकारीलाई समर्थन गर्दै एमालेका समाहित भएको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *