धनगढीमा एमालेको सभाबाट काङ्ग्रेस परित्याग गरि सयौं जना एमालेमा प्रवेश

धनगढी ! एमाले धनगढीले आयोजना गरेको चुनावी सभामा काङ्ग्रेस लगायत विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा एमाले प्रवेश गरेका छन् । धनगढी वडा न.१०,वडा न.१२ का काङ्ग्रेस कृयाशिल सदस्यहरु आज उक्त कार्यक्रम मार्फत एमालेमा प्रवेश गरेका हुन् । उनीहरु कार्यक्रमको अन्त्यमा पार्टी प्रवेश गरेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली उक्त कार्यक्रमको प्रमुख अतिथी रहेपनि काठमाडौं फर्किनुपर्ने समय भएकाले उनीहरुलाई पार्टी पोलिटब्युरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारदमुनी रानाले एमालेमा स्वागत गर्नुभएको थियो।

पार्टी प्रवेश गर्नेहरु अधिकांस राना थारु समुदायबाट रहेका छन् । उनीहरु आफ्नो मौलिक पोशाकमा आएर एमालेमा प्रवेश गरेका हुन् ।                                                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *