लालझाडी गाउपालिकाबाट एकीकृत समाजवादीका इन्चार्ज प्रकाश रानाको नेतृत्वमा पुरै टिम एमालेमा फर्किए

कंचनपुर ! कंचनपुर जिल्लाको लालझाडी गाउपालिकाका एकीकृत समाजवादीका इन्चार्ज प्रकाश रानाको नेतृत्वमा पुरै टिम नेकपा (एमाले) मा फर्किएको छ ।

आज आयोजित एक कार्यक्रममा उहाँहरु आफ्नो पुरानो घरमा फर्किनु भएको हो। उहाँ लगायत नेपाली काङ्ग्रेस, माओवादी केन्द्रबाट पनि ठुलाे संख्यामा नेकपा एमाले प्रवेश गरेको एमाले कंचनपुरले जनाएको छ।

उहाँहरु सबैलाई एमाले पोलिटब्युरो सदस्य एवं कंचनपुर जिल्ला इन्चार्ज निरु पाल,एमाले कंचनपुर जिल्ला अध्यक्ष सुरेन्द्र बिष्टले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *