कांग्रेस परित्याग गरि तुलसीपुरका बलिराम खत्री, जितबहादुर खड्का र गीता पौडेल एमालेमा प्रवेश

काठमाडौं ! तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ नेताहरू बलिराम खत्री, जितबहादुर खड्का र गीता पौडेल नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।
आज शुक्रबार उहाँहरुलाई एमाले महासचिव शंकर पोखरेलको हातबाट एमालेको पार्टी सदस्यता लिँदै पार्टी प्रवेश गर्नुभएको हो।

खत्री कांग्रेस  दाङ क्षेत्र नं. ३ का क्षेत्रीय सदस्य हुनुहुन्थ्यो। यसअघि उनी तुलसीपुर ९ को वडा इकाइ सभापति पनि हुनुहुन्थ्यो। त्यस्तै युवा नेता जितबहादुर खड्का, कांग्रेस समन्वय विभाग लुम्बिनी प्रदेश संयोजक गीता पौडेल पनि एमालेमा पार्टी प्रवेश गर्नुभएको छ।
खड्का राप्ती बबई क्याम्पसदेखि नै नेविसंघको विद्यार्थी राजनीति गर्दै आएका ब्यक्ति हुनुहुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *