माओवादीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश

काठमाडौं ! माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिन छेसाङ तामाङ बिहीबार एमालेमा प्रवेश गरेका हुन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए।

उनीसँगै गोसाइँकुण्ड गाउँपालिका-५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन्। बिहीबार एक कार्यक्रमबीच एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएरु पार्टीमा स्वागत गरेका छन्।

एमाले नै शसक्त भएकाले माओवादीबाट दिएको आफ्नो उम्मेदवारी समेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको उनको भनाइ छ। एमाले शीर्ष नेताहरूसँगको सल्लाह र परामर्शमा माओवादी छोडेको उनले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *