एकीकृत समाजवादी टीकापुरका नेता गंगाराम आचार्य एमालेमै फर्किए

कैलाली ! टीकापुर नगरपालिका वडा न १ का अध्यक्ष गंगाराम आचार्य नेकपा एकिकृत समाजवादी पार्टी परित्याग गर्दै आफ्नै पुरानो घर नेकपा एमालेमा प्रवेश गर्नु भएको छ।

नेता आचार्यलाई नेकपा एमालेका केन्द्रिय सचिव एवं सुदुरपचिम इन्चार्ज लेखराज भट्ट र एमाले सुदुरपश्चिम कमिटी अध्यक्ष दामोदर भण्डारीले पार्टीमा स्वागत गर्नु भएको थियो। उक्त समारोहमा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य एवं प्रदेश सांसद कृष्ण सुवेदी,टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावल लगायतका नेताहरुको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *