सिन्धुपाल्चोकका कांग्रेस नेता लामा र अधिकारी एमाले प्रवेश

काठमाडौँ – नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा प्रमुखका आकांक्षी जयबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई शनिबार एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले एमालेमा स्वागत गरेका हुन् ।

उनीसँगै वडा नम्बर पाँचका अध्यक्ष सनत अधिकारी पनि एमाले प्रवेश गरेका छन् । जुगलमा कांग्रेसबाट हिमाल श्रेष्ठले टिकट पाउने भएपछि उनी एमाले प्रवेश गरेका हुन् ।  एमालेले उनलाई प्रमुखको उम्मेदवार बनाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *