माओवादी केन्द्रमा पहिरो : केन्द्रिय सदस्य देखि पूर्व राजदुतसम्म एमालेमा प्रवेश

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा एमालेमा प्रवेश गर्मुभएको छ ।

माओवादीको सहकारी विभागका प्रमुख समेत रहनु भएका देवकोटा कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रवेश गर्नुभएको हो ।
यसैगरि माओवादीकी पूर्व केन्द्रीय सदस्य तथा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पा, कास्कीको लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेल, माओवादीकी पूर्व केन्द्रीय सदस्य बेली तामाङ, सागर ढकालसहितको टोली एमालेमा प्रवेश गर्नुभएको छ ।
सोही कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका जुम्ला जिल्ला पूर्व अध्यक्ष धनबहादुर थापासहितको टोली पनि एमालेमा प्रवेश गर्नुभएको छ।

उहाँहरु सबैलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *