मधेशमा एमाले क्रेज : जनकपुरमा मेयरका उम्मेदवार एमाले प्रवेश

जनकपुर ! लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परित्याग गरी मेयरका उम्मेदवार नेकपा एमाले प्रवेश गर्नुभएको छ। जनकपुरधाम वार्ड न  ७ का वड़ा अध्यक्षसमेत रहनु भएका जानकिराम साह आज मंगलबार लोसपा परित्याग गरी विधिवत रुपमा नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गर्नुभएको छ।

उहाँलाई एमाले अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टिका र खादा लगाई पार्टी प्रवेश गराउनुभयो। मेयरका प्रत्यासी रहेका साहले अध्यक्ष ओलिसँगको भेटमा जानकी मन्दिर अंकित फोटो प्रदान गर्नु भएको थियो। जनकपुरमा मधेशवादी दलहरुप्रति असन्तुष्टि जनाउँदै पछिल्लो चरणमा यहाँका अधिकाश मधेश आन्दोलनका अगुवा युवाहरु एमाले प्रवेश गरिसक्नु भएको छ।
मधेश आन्दोलनमा सकृय भुमिका निर्वाह गर्नुभएका सरोज मिश्र, सुशील कर्ण, जानी खान मधेशी, शिव शंकर साह हिरासहितका दर्जनौं युवा मधेशवादी शक्ति छाडेर एमालेमा प्रवेश गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *