सोलुखुम्बुबाट काङ्ग्रेस महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पा सहित जनप्रतिनिधिहरु एमालेमा प्रवेश

सोलुखुम्बु । नेपाली कांग्रेस सोलु दुघकुण्ड नगरपालिकाका मेयरका दाबेदार एवं महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पा आज सोमबार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ सोलुखुम्बुको सल्लेरीमा आयोजित एक कार्यक्रमका बिच एमालेमा प्रवेश गर्नुभएको हो।

नेता शेर्पासँगै सल्लेरी नगरपालिकाको वडा नम्बर २ बाट निर्वाचित कांग्रेसका वडाध्यक्ष मिङ्मार दोर्जी शेर्पा, पूर्व महाधिवेशन प्रतिनिधि कुसाङ शेर्पा, सम्पर्क समितिका उपाध्यक्ष ज्ञानुराज भण्डारीसहितका नेता-कार्यकर्ताहरु आज एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरु सबैलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको हो। एमाले अध्यक्ष ओली,वरिष्ठ उपाध्यक्ष पोखरेल लगायतका नेताहरु आज उक्त कार्यक्रमका लागि सल्लेरी पुग्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *