जसपाका सुदुरपश्चिम प्रदेश सचिव जनक आउजी एमालेमा प्रवेश

कैलाली! जसपा सुदुरपश्चिम प्रदेश सचिव जनक आउजी उक्त पार्टी परित्याग गरि पार्टी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। उहाँ आज एक कार्यक्रममा बीच एमालेमा प्रवेश गर्नुभएको हो।

उहाँलाई एमाले सचिव तथा सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टले प्रमुख खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो। साथै उक्त अवसरमा एमाले पोलिटव्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी राना, एमाले केन्द्रिय सदस्य एवं कैलाली सह
-इन्चार्ज सन्तोष शर्मा, एमाले सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी,एमाले कैलाली अध्यक्ष रतन थापाको समेत उपस्थितिमा उहाँलाई पार्टी प्रवेश गराइएको जनाइएको छ।

एमाले प्रवेश गर्नुभएका जनक आउजीले वर्तमान सन्दर्भमा एमाले मात्र देश र जनताको हितमा काम गर्ने पार्टी भएकोले आफू यो पार्टीमा प्रवेश गरेको जनाउनु भएको छ । आगामी दिनमा एमालेका नीति अनुरुप आफ्ना क्रियाकलापहरु अघि बढाउने उहाँको प्रतिबद्धता छ।                                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *