एसका दैलेख जिल्ला सचिव मानबहादुर खड्का एमालेमा फर्किए

काठमाडौं !  नेकपा (एकीकृत समाजवादी) दैलेख जिल्ला सचिव मानबहादुर खड्का नेकपा एमालेमा फर्किएका छन्। खड्कालाई नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी तथा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले पार्टीमा स्वागत गरेका छन्।

एमाले दैलेखको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा खड्कालाई एमालेमा स्वागत गरिएको हो। उक्त अवसरमा एमाले नेताहरु नन्दकिशोर बस्नेत, दानबहादुर थापा, चन्द्रा रेग्मी, याम नारायण उपाध्याय, शान्तिप्रसाद शर्मा लगाएको उपस्थिति थियो।

एमालेमा फर्किएका नेता खड्काले पार्टी विभाजनपछि नेकपा (एकिकृत समाजवादी) को जिल्ला सचिवको रुपमा रहेर काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापनसमेत गरेका छन्। उनले कम्युनिष्ट आन्दोलनको रक्षा, पार्टी एकताको सुद्धृढीकरण र जनताको पक्षमा आफूलाई समर्पित गर्न नेकपा एमालेमै फर्किएको बताए। नेता खड्काले पार्टी विभाजनपछि नेकपा एमाले भन्दा बाहिर रहेएका सबै नेता कार्यकर्तालाई पार्टी एकता र कम्युनिष्ट आन्दोलनका रक्षाको लागि नेकपा एमालेमा गोलबन्द हुन आह्वानसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *