माओवादी केन्द्रका अछाम जिल्ला सह- इन्चार्ज साउँद एमालेमा प्रवेश

अछाम-नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, अछाम जिल्ला सह ईन्चार्ज तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउँद नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बान्नीगढी जयगढ गाउँपालिकामा एक औपचारिक कार्यक्रमका बीच उपाध्यक्ष साउदसहित नेताहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज झपट बहादुर बोहराले पार्टीमा स्वागत गरेका छन् । एमाले प्रवेश गर्दै उपाध्यक्ष साउदले साविकको नेकपा तथा वाम एकताको निरन्तरता स्वरुप आफूलगायतका नेता एमालेमा समाहित भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *