एसका केन्द्रीय सल्लाहकार परिषद सदस्य मोहन बम एमालेमा फर्किए

कैलाली! नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद सदस्य मोहन बम नेकपा एमालेमा फर्किनु भएको छ ।
एमालेबाट माधव नेपाल बाहिरिएपछि उक्त गठित दल एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद सदस्य  बनेका बम आज पुनः एमालेमा फर्किनु भएको हो ।

पूर्व राष्ट्रिय सभा सदस्य समेत रहेका बमलाई नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गर्नुभएको हो । सचिव भट्टले आज आफ्नै निवासमा आयोजित कार्यक्रममा कुँवरलाई एमालेमा स्वागत गर्नु भएको हो ।
उक्त कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना, सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकलगायतका नेताहरुपनि हुहुनुहुन्थ्यो। उहाँहरुले पनि नेता बमलाई स्वागत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *